Techie IT
×
गृहपृष्ठसमाचारथप २३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५४९१ पुग्यो

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५४९१ पुग्यो

थप दुई जनाको मृत्यु


काठमाडौं, २० असार । नेपालभर पछिल्लो २४ घण्टामा थप २३२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने २७२ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

थप दुई जनाको मृत्यु
२४ घण्टामा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । त्यससँगै मृतकको संख्या ३४ जना पुगेको छ ।

रुपन्देहीको देबदहका पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी कोरोना संक्रमणबाटै गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । निमोनियया र डाइबेटिजका दिर्घरोगी उनको गएराति मृत्यु भएको हो ।

अहिलेसम्म ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस