Techie IT
×
गृहपृष्ठसमाचारगोरखामा एक जना कोरोना संक्रमितको मृत्यु

गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु


गोरखा जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरूषको मृत्यु भएको छ।

उनलाई शुक्रबार राती करिब १० बजे अस्पतालको आइसोलेसनमा लगिएको थियो। आइसोलेसनमा राखेको करिब सात घण्टामै उनको मृत्यु भएको हो। कोरोना संक्रमित ती पुरूषको शनिबार विहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको थियो।

मृतक पुरूष मधुमेहका बिरामी भएको अस्पताल श्रोतले जनाएको छ ।  उनी गत मंगलबार मात्र कतारबाट घर फर्किएका थिए। उनलाई जीवनज्योती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएकोमा अवस्था जटिल भएपछि गोरखा अस्पतालको आइसोलेसनमा पुर्‍याइएको थियो। क्वारेन्टिनमा रहँदा ती पुरूषमा खोकी लाग्नेजस्ता कोभिड १९ को लक्षण देखिएका थिए।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भइसकेको छ भने कोरोनाका १५ हजार दुई सय ५९ जना संक्रमित छन्। छ हजार एक सय ४३ जना कोरोना निको भएर घर फर्किएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस