Techie IT
×
गृहपृष्ठप्रवासचीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुग्यो

चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुग्यो


काठमाण्डौ, १६ चैत । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।

बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ । खोप लिनका लागि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी विमानस्थल पुगेका छन् ।

खोप र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज हिजो चीनको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोपको ८ लाख डोज नेपाललाई अनुदानमा आएको हो ।

यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने डाक्टर गौतमले बताए । यो खोप कसरी र कस्ता व्यक्तिका लागि लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको छ ।

पहिलो डोज लगाएकाले दोस्रो डोज पनि त्यही कम्पनीको खोप लगाउनु पर्ने भएकाले चीनबाट ल्याउने यो खोप, खोप नलगाएकाहरुलाई दिइने छ ।

तर कहिले र कसरी, कुन समूहलाई खोप दिने भन्ने निश्चित भएको छैन ।


क्याटेगोरी : प्रवास, समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking, #corona vaccine

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)