गृहपृष्ठ ∕
समाचार ∕
थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो
थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो
काठमाडौं नयाँ बानेश्वरका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु
काठमाडौं १९ असार । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
त्यस्तै, कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।
काठमाडौं नयाँ बानेश्वरका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु
कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ । आइसियुमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो । मृतक उच्च रक्तचाप र पार्किन्सनको बिरामी थिए ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking