Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

गुल्मीको इस्मामा पहिरो जाँदा दुई जना बेपत्ता


गुल्मी, १९ असार । गुल्मीमा बाढी र पहिरोका कारण दुई जना बेपत्ता भएका छन् । इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा ९ वर्षकी बालिका अपिच्छा खत्री बेपत्ता भएकी छन् ।

बालिकाकी आमा २८ वर्षीय इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन् । पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल पुर्दा होटलमा बास बसेका एक जना सम्पर्कबिहीन भएको स्थानीय रामबहादुर केसीले बताए ।

पहिरोमा परी वेपत्ता भएकी बालिकाको हजुरबुवा ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएका छन् । गएराति झण्डै १२ बजेतिर बस्तीभन्दा पाँच सय मिटर माथिबाट पहिरो खसेको हो । पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।
घटनाको जानकारी पाएपछि शुक्रबार बिहानै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, समाचार
ट्याग : #breaking, #landslide

प्रतिक्रिया


ताजा अपडेट