Techie IT
×
गृहपृष्ठसमाचारचट्याङ लागेर बारा र सर्लाहीमा पाँच जनाको मृत्यु

चट्याङ लागेर बारा र सर्लाहीमा पाँच जनाको मृत्यु


जनकपुर, १८ असार । बर्षासँगै परेको चट्याङ लागेर आज बारा र सर्लाहीमा पाँच जनाको मृत्यु भएको छ । धान रोपाई गरिरहेका बेला परेको चट्याङ लागेर बारामा चार जना महिला र सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका १ त्रिबेनी निवासी ३० बर्षीया सिन्दु देवी, सोही ठाउँकी ४० बर्षीया सुनरपति देवी तथा बाराको कलैया उपमहानगरपालिकाका शितलपुरका ४५ बर्षीया हलिमा खातुन र ५३ बर्षीया आशादेवी महतोको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । धान रोपाईका लागि खेतमा गएको बेला चट्याङ लागेर ती चारै जना महिलाको मृत्यु भएको बाराका प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

चट्याङ लागेर सात जना पुरुष घाईते भएको र उनीहरुको बिरगञ्जस्थित नारायणी अस्पताल पठाईएको प्रहरी उपरिक्षक मिश्रले बताए । यसैगरी चट्याङ लागेर सर्लाहीको बागमति नगरपालिका १० नयाँबस्तीका १८ बर्षीय छोटु पासवानको मृत्यु भएको छ । खेतमा धान रोपाई गरिरहेका बेला चट्याङ लागेर पासवानको मृत्यु भएको प्रहरीको भनाई छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस