Techie IT
×
गृहपृष्ठसमाचारकोरोना सङ्क्रमित डेढ महिनाको शिशुको मृत्यु

कोरोना सङ्क्रमित डेढ महिनाको शिशुको मृत्यु


काठमाडौँ, असार १८ । त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमित डेढ महिना (४७ दिन) को शिशुको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका अनुसार घाँटीमा समस्या देखिएपछि उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको शिशुको शल्यक्रियाअघि परीक्षण गर्दा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट शिशुको मृत्यु भएको यो पहिलो केस हो । मृतक शिशु म्याग्दीका हुन् । यो संगै नेपालमा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस