अवैध लागूऔषध सहित ३ जना पक्राउ
बाँके, १८ असार । नेपालगंज उपमहानगरपालिका-१५ पिपरहवाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २४ ग्राम सहित भारत उत्तर प्रदेशका मुन्ताज अहिमद सिद्धिकी पक्राउ परेका छन्। उनी लुकाई छिपाई ल्याउदै लागूऔषध सहित फेला परेका थिए ।
यसैगरी नेपालगंज उपमहानगरपालिका–१० ट्राफिकचोकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको ११ सिसि कोरेक्स सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–८ बस्ने २३ बर्षीय राजु राई र सोही उपमहानगरपालिका–११ बस्ने ३० वर्षीय अखिल अहमद जसगड रहेका छन् । जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको भे।३ प ३४१२ नम्बरको मोटरसाइकल
जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी :
समाचार