Techie IT
×
गृहपृष्ठसमाचारकान्तिपुर मिडिया मालिकका विरुद्ध श्रमजीवीहरु

कान्तिपुर मिडिया मालिकका विरुद्ध श्रमजीवीहरु


काठमाडौं, १८ असार । कान्तिपुर पब्लिकेशन्सले आफ्ना तीन वटा साप्ताहिक प्रकाशन साप्ताहिक, नेपाल र नारी बन्द गर्ने निर्णय गरेको छ ।
सो कुराको जानकारी अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाले यही असार ११ गते बिहिबार सम्पादकद्धय राजाराम गौतम र बसन्त बस्नेतलाई दिएका थिए । सम्पादकहरुले श्रमजिवी पत्रकारहरुलाई त्यसको भोलिपल्ट दिउ“सो साढे १२ बजे कार्यालयमा बोलाएर जानकारी दिएका थिए । त्यसयता हिजो असार १७ गते नेपाल म्यागेजिन, साप्ताहिक र नारीमा कार्यरत श्रमजिवी पत्रकार तथा कर्मचारी र अध्यक्ष एवं प्रवन्ध निर्देशक सिरोहियाबीच पहिलो पटक कुराकानी भएको बुझिएको छ ।

अध्यक्ष तथा प्रवन्ध निर्देशक सिरोहियाले श्रमजिवी पत्रकार र कर्मचारीहरुलाई भेट्नु अघि कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा, काठमाडौं पोष्टका सम्पादक सन्जीव सदगैया, साप्ताहिक र नारीका निवर्तमान सम्पादक राजाराम गौतम र नेपालका निवर्तमान सम्पादक बसन्त बस्नेतस“ग बसेका थिए । नेपाल म्यागेजिनमा आवद्ध पत्रकारले त्यो बसाईमा आफ्ना मागहरु अध्यक्ष सिरोहिया समक्ष पेश गरि दिन बसन्त बस्नेत मार्फत पठाएका थिए ।

सम्पादकहरुस“गको भेट लगत्तै सिरोहियाले पहिले नेपाल म्यागेजिनको टिम र त्यसपछि सापताहिक, नारीको टिमस“ग कुराकानी गरेका बुझिएको छ । सिरोहियाले श्रमजिवीहरुस“ग कुरा गर्ने क्रममा तीन वटा आउटलेट कोरोना संक्रमणका कारणस्थगित गर्न वाध्य भएको भन्दै श्रमजिवीहरुलाई फकाउने प्रयास गरेका थिए । यसपछि उनले आफ्ना प्रतिनिधिहरु एजिएम महेश स्वार, फाइनान्स प्रमुख धिरज श्रेष्ठ र एचआर प्रमुख पुष्पराज गिरी समक्ष संवाद गर्न सुझाएका थिए । यि त्रयस“ग भएको कुराकानी श्रमजिवी पत्रकारहरुका पक्षमा नभएपछि उनीहरुले व्यवस्थापन समक्ष लिखित माग पेश गरेका बुझिएको छ ।

सिरोहियाले ‘स्थायी, अलि लामो समयदेखिका करार र भर्खरैका करार गरी योगदानका आधारमा बिदा गर्छु । म कसैलाई रित्तो हात पठाउ“दिन’ भनेका थिए । तर, सिरोहियाले खटाएका प्रतिनिधिहरुले खाईपाई आएको तलबको जम्मा तीन महिनाको सुविधा मात्र दिने भनेपछि श्रमजिवी पत्रकार र कर्मचारीहरुले व्यवस्थापन समक्ष आफ्ना मागहरु पेश गरेका बुझिएको छ । अध्यक्ष सिरोहियास“गको भेटमा नेपाल म्यागेजिनबाट जनक नेपाल, माधव बस्नेत, राजकुमार बानि“या, चन्द्र प्रजापतिले श्रमजिवी पत्रकारका पीडाहरु राखेका थिए । त्यसैगरी साप्ताहिकबाट संगित स्रोता (यम खत्री), नवराज वाग्ले, महेश प्रधानलगायतले कुरा राखेका बुझिएको छ ।

नेपाल पत्रकार महासंघ, श्रमजिवी पत्रकारका पक्षमा स्थापना गरिएका नौ वटा जनसंगठनले यस अघि नै श्रमजिवी पत्रकार र कर्मचारीको रोजीरोटी नखोस्न आग्रह गर्दै वक्तव्य र आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । नेपाली पत्रकारिताकै इतिहासमा कान्तिपुरले सबैभन्दा ठूलो संख्यामा श्रमजिवीहरुको गा“स कटौती गर्दैछ । मिडिया व्यवसायीहरुको यस्तो कदम बिरुद्ध महासंघले भोलि २ बजे माइतीघर मण्डलामा बिरोध प्रर्दशन गर्दैछ । कान्तिपुर पब्लिकेशन्सका श्रमजिवीहरुले पेश गरेको माग जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

कान्तिपुर पब्लिकेशन्स प्रालिका श्रमजीवि पत्रकार एवं कर्मचारीका माग

१. कान्तिपुर पब्लिकेशन्स प्रालिका सह–प्रकाशनहरु नेपाल म्यागेजिन, साप्ताहिक र नारी केकति कारणले बन्द वा स्थगित गरिएको हो ? औपचारिक र कानुनी जानकारी चाहियो ।

२.औपचारिक र कानुनी रुपमा सम्पादकीय टिमलाई जानकारी नै नदिई नेपाल म्यागेजिनको वेबसाइट र सोसल मिडिया पेजका पासवर्ड परिवर्तन गरी हाम्रो पहु“च निषेध गरिएको छ । यसलाई हामीले सम्पादकीय स्वतन्त्रताको अपहरणका रुपमा लिएका छौं । प्रकाशन बन्दबारे औपचारिक जानकारी नै नदिई पत्रकार तथा कर्मचारीलाई यस कार्यालयको विद्युतीय प्रशासनिक सिस्टम (एचआरएम)मा प्रवेष निषेध गर्नुलाई हामीले गम्भीर रुपमा लिएका छौं ।

३. सह–प्रकाशनमा कार्यरत पत्रकार तथा कर्मचारीहरुलाई कान्तिपुर पब्लिकेशन्सले नियुक्त गरेकाले पब्लिकेशन्स बन्द नभएको स्थितिमा कार्यरत श्रमजीवि पत्रकार तथा कर्मचारीलाई मुख्यालयकै सुचारु सञ्चारमाध्यममा समायोजन गर्ने वा आकर्षक गोल्डन हेण्डसेक दिएर बिदा गर्नेबारे व्यवस्थापनको योजना के छ ? लिखित प्रस्ताव दिइयोस् ।

४. सम्मानजनक बिदाईका लागि श्रमजीवि पत्रकार तथा कर्मचारीका देहायका प्रस्ताव छन् ।

क) स्थायी तथा करार सम्पूर्ण श्रमजीवी पत्रकार र कर्मचारीलाई खाईपाई आएको सम्पुर्ण सेवा र सुविधा सहितको एक वर्षको तलब दिइयोस् ।

ख) सेवा अवधिका आधारमा उपदान व्यवस्था होस् । उपदान दि“दा खाईपाई आएको अन्तिम महिनाको सुविधालाई आधार मानियोस् ।

ग) स्थायी वर्षलाई आधार मान्दा राउण्ड फिगरका आधारमा वर्ष गणना गरियोस् ।

घ) काठमाडौंबाहिरबाट सेवा सुरु गरेका श्रमजीवीको संचित विदा नराखिएकाले उनीहरुको हकमा सहज रुपमा उपलब्ध गराइयोस् ।

ङ) लकडाउनका अवधिमा श्रमजीवी पत्रकार र कर्मचारीलाई बेतलबी राखेर स्वेच्छाचारी ढंगले तलब कट्टा गरिएकाले दुई पक्षबीच सम्झौता नहु“दासम्मको सम्पूर्ण तलबभत्ता उपलब्ध गराइयोस् ।

च) चालू आर्थिक वर्ष (०७७/७८) को चाडपर्व (दशैं) भत्ता उपलब्ध गराइयोस् ।

छ) फोटोपत्रकार र ग्राफिक्सका श्रमजीवीले पब्लिेकशन्समा काम गर्नकै लागि निजी क्यामेरा र सामग्रीमा लगानी गरेका छन् । उनीहरुका लागि निश्चित क्षर्तिपूर्ति दिइयोस् ।

झ) सरकारले न्यूनत्तम पारिश्रमिक वृद्धि गरेको मिति ०७५ असोजदेखिको संचयकोष, दशैंभत्ता र बोनस नया“ व्यवस्थाअनुरुप समायोजन गरियोस् ।

ञ) प्रत्येक वर्षको अन्त्यमा श्रमजीवी पत्रकारले पाउनुपर्ने एक महिनाको खाइपाइ आएको पारिश्रमिक बराबरको अहिलेसम्मको उपचार खर्च एकमुष्ठ उपलब्ध गराइयोस् ।

ट) नेपाल, नारी, साप्ताहिक प्रकाशन तथा अनलाईन संस्करण बन्द गरिएको हो भने प्रेस रजिष्टारको कार्यालयमा औपचापरिक जानकारी गराईयोस् ।

नेपाल म्यागेजिन टिम


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस