Techie IT
×
गृहपृष्ठसमाचारथप ४८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ हजार नाघ्यो

थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ हजार नाघ्यो

काठमाडौं उपत्यकामा १७ जना थपिए


काठमाडौं, ७ असार । नेपालमा थप ४८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयकाका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको बताएका हुन्।

त्यस्तै अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकामा १७ जना थपिए

त्यसैगरी काठमाडौ उपत्यकामा १७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जना कोरोना संक्रमित थपिएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस