Techie IT
×
गृहपृष्ठसमाचारचितवनमा बाघको आक्रमणबाट मेघौली गुल्मका आर्मी घाइते

चितवनमा बाघको आक्रमणबाट मेघौली गुल्मका आर्मी घाइते


चितवन, १६ असार । चितवनमा बाघको आक्रमणबाट एकजना आर्मी घाइते भएका छन् ।

मंगलबार दिउँसो चितवन राष्ट्रिय निकुञ्जको ढाक्रेखोला ईलाकामा बाघले एक्कासी आक्रमण गर्दा सैनिक भरत विक घाइते भएका हुन् ।

मेघौली गुल्म अन्तरगत सुरुङखोला पोष्ट गएको पेट्रोल टोली फर्कने क्रममा उनलाई बाघले आक्रमण गरेको हो ।

सैनिकको पाखुरा र कोखामा चोट लागेको छ । उनलाई घटनास्थलबाट गोलाघाटसम्म हात्तीमा ल्याएर साँझ ६ः२० बजे भरतपुर अस्पताल ल्याईएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस