Techie IT
×
गृहपृष्ठसमाचारगोकुल बाँस्कोटाको घरमा बिस्फोट गराउने विप्लव समूहका ऐनबहादुर शाही पक्राउ

गोकुल बाँस्कोटाको घरमा बिस्फोट गराउने विप्लव समूहका ऐनबहादुर शाही पक्राउ


काठमाडौं, १७ असार । पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही छन् ।
उनलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ झत्तपुर प्रहहरीको भनाई छ ।

यसअघि २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो । घटनामा संलग्नताको आरोपमा त्यतिवेलै चार जना पक्राउ परेका थिए । पछि छुटेका छन् भने तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस