कुटपिट गरी श्रीमतीको हत्या
झापा । आफ्नै श्रीमती ४९ वर्षीया बिष्णु माँया तामाङ राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर बस्ने ५५ वर्षीय सरे राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी कुटपिट गरी बिष्णु मायाको हत्या पश्चात फरार रहेका सरेलाई प्रहरीले दमक नगरपालिका–२ स्थित घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो ।
क्याटेगोरी :
समाचार