काठमाडौ ।सर्वोच्चको फैसलालाई जनताको जित भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एक अर्का मिठाइ खुवाएर खुशियाली मनाएका छन् ।
चितवनमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न पुगेका प्रचण्ड र नेपालले फैसलाको सूचना पाएपछि खुशियाली साटेका छन ।
चितवनको सभालाई भोलि विजय सभाको रूपमा मनाइने भएको छ ।
सर्वोच्च अदालतले साँझ फैसला सुनाउन अघि दुबै नेता चितवन पुगेका थिए ।
पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभालाई पुनस्र्थापना गर्ने फैसलासँगै प्रतिनिधिसभाको बैठक १३ दिन भित्र बोलाउन आदेश दिइएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहस सकेपछि ११ गते पछि कुनै दिन पनि फैसला आउन सक्ने बताए अनुसार मङ्गलबार यो फैसला भएको हो ।
प्रधानमन्त्रीको नेतृत्वमा पुस ५ गते बसेको मन्त्रिपरिषदको बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिश गर्ने निर्णय गरिएको थियो ।
सो अनुसारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरी बैशाख १७ देखि २७ गतेसम्म चुनाव गराउने आदेश जारी गरेकी थिइन ।
त्यो विरूद्ध परेको मुद्दामा बहस प्रक्रिया पूरा भइ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने फैसला सुनाएको हो ।
राष्ट्रपति भण्डारीले त्यो मितिदेखि गरेका सबै सिफारिश शून्यको अवस्थामा फर्किएको फैसलामा भनिएको छ ।
क्याटेगोरी :
समाचार,
संसद
ट्याग : #breaking