Techie IT
×
गृहपृष्ठसमाचारप्रतिनिधिसभा पुनर्स्थापना, १३ दिन भित्र बैठक बोलाउन आदेश

प्रतिनिधिसभा पुनर्स्थापना, १३ दिन भित्र बैठक बोलाउन आदेश


काठमाडौ । सर्वोच्च अदालतले पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभालाई पुनर्स्थापना गर्ने  फैसला गरेको छ ।

साथै प्रतिनिधिसभाको बैठक १३ दिन भित्र बोलाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहस सकेपछि ११ गते पछि कुनै दिन पनि फैसला आउन सक्ने बताए अनुसार मङ्गलबार यो फैसला भएको हो ।

प्रधानमन्त्रीको नेतृत्वमा पुस ५ गते बसेको मन्त्रिपरिषदको बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिश गर्ने निर्णय गरिएको थियो ।

सो अनुसारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरी बैशाख १७ देखि २७ गतेसम्म चुनाव गराउने आदेश जारी गरेकी थिइन ।

त्यो विरूद्ध परेको मुद्दामा  दुई महिनाको बहसपछि सर्वोच्च अदालतले आज फैसला सुनाएको हो ।

‘संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद विघटन गर्ने संवैधानिक पूर्वशर्त अवस्था  नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक  र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ,’ प्रधानन्यायाधीश राणाले सुनाएको फैसलामा भनिएको छ


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)