Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश १संखुवासभाको चैनपुरस्थित पेट्रोलपम्पमा आगजनी

संखुवासभाको चैनपुरस्थित पेट्रोलपम्पमा आगजनी


सङ्खुवासभा, ११ फागुन । सङ्खुवासभाको चैनपुर नगरपालिका ७ जिरो पोईन्ट नजिकै रहेको पेट्रोल पम्पमा आगलागि भएको छ ।

ट्याङ्करबाट पेट्रोल खनाउदैँ गर्दा अचानक आगो पम्पमा सल्किएको हो । उक्त पेट्रोल पम्प स्थानीय अनुप श्रेष्ठको रहेको छ ।

करिव दिउँसो १२ बजे भएको आगलागिले पेट्रोल पम्पमा भएको तेल र पम्प नजिकै रहेको कर्मचारी बस्ने ५ तले घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिए ।

आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागिबाट पुगेको क्षतिको यकिन विवरण संकलन भईरहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश १
ट्याग : #fire, #petrol pump

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)