Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश १हतकडीसहित कैदी फरार

हतकडीसहित कैदी फरार


काठमाडौं, ११ फगाुन । लागुऔषधको मुद्दाका दुई थुनुवा हतकडीसहित जिल्ला अदालत मोरङबाटै फरार भएका छन्।

लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत उपस्थित गराइएका मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी प्रहरीले लगाएको हतकडीसँगै भागेका हुन्।

प्रहरीले उनीहरु दुवै जनालाई अदालतमा उपस्थित गराउने क्रममा प्रहरी आँखा छलेर फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनीहरुको खोजी जारी रहेको छ।


क्याटेगोरी : समाचार, प्रदेश १
ट्याग : #kaidi

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)