गृहपृष्ठ ∕
समाचार ∕
बन्द भनिएका कान्तिपुर पब्लिकेशन्सको ग्राहक बन्न विज्ञापन
बन्द भनिएका कान्तिपुर पब्लिकेशन्सको ग्राहक बन्न विज्ञापन
कान्तिपुर पब्लिकेशन्सले श्रमजीवी पत्रकारहरुप्रति कतिसम्म हेलचेक्र्याइँ गरिरहेको छ भने नेपाल, नारी, साप्ताहिकको प्रकाशन बन्द भएको लिखित जानकारी संचार रजिष्टारको कार्यालय र सम्वन्धित पत्रकारहरुलाई दिएको छैन । साप्ताहिक, नारी र नेपालका सम्पादकलाई अध्यक्ष कैलाश सिरोहियाले विहीवार बोलाएर प्रकाशन बन्द भएको मौखिक जानकारी दिएका थिए । तर, शनिबारसम्म द काठमाडौं पोष्टमा बन्द भएका भनिएका पत्रिकाहरुको ग्राहक बन्न विज्ञापन छापिएको छ । मार्केटिङ विभागले शुक्रबार मात्र नारी र साप्ताहिकको वार्षिक ग्राहक बनाएको थियो । कैलाश सिरोहियाका छोरा सम्भवले शुक्रबार मात्र बन्द गर्ने भनिएका पत्रिकाहरुको मार्केटिङ कसरी गर्ने भनेर त्यस विभागका कर्मचारीहरुसँग छलफल गरेका थिए ।
कान्तिपुर पब्लिकेशन्सका मालिक ‘फुटाउ र शासन गर’ को नीतिमा समेत लागेका छन् । कैलाश सिरोहियाले विहीबार सम्पादकहरुसँग साथीहरुलाई मनाउनुस्, तपाईहरुलाई ‘स्पेस’ रहन्छ भनेर भनेका थिए भने शुक्रबार एचआर प्रमुख पुष्पराज गिरीले साप्ताहिकका मुकुन्द बोगटी र नेपालका सन्तोष आचार्यलाई बोलाएर पत्रिका फेरि प्रकाशन हुँदा पहिलो प्राथमिकतामा तपाईहरु नै पर्नु हुन्छ, अहिले चुप बसिदिनुस भनेका थिए ।
कान्तिपुर पब्लिकेशन्सले गाँस खोसिएका पत्रकारहरुलाई श्रमजीवी पत्रकार ऐनलाई देखाइरहेको छ अहिले । तर, पब्लिकेशन्सले त्यही श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेका छैन । ऐन कार्यान्वयन नगरेकैले त्यहाँ कार्यरत पत्रकारहरुले सूचना विभागको पास नविकरण गर्न पाएका छैनन् । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने हो भने ०७५ असोजबाटै लागू हुनुपर्ने पत्रकारहरुले माग गरेका छन् । कैलाश सिरोहियाले मिडिया उद्यमीको नभएर घाटा नाफा हिसाव गर्ने व्यापारीको व्यवहार देखाइरहेका छन् । त्यसैले उनले श्रमिकहरुलाई पनि त्यही नजरले हेरिरहेका छन् । समयबद्ध साप्ताहिकबाट
क्याटेगोरी :
समाचार
ट्याग : #breaking