उपत्यकामा ८ जनासहित थपिए ४७६ कोरोना संक्रमित
काठमाडौं, १५ असार। नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको बताएका हुन् ।
सोमबार काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो समय उपत्यकामा संक्रमण बढ्न थालेकोले सचेत हुन आग्रह गरेका छन्।
देशभर संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ भने मृत्यु हुने संख्या २९ पुगेको छ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#hot