Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशपर्यटन मन्त्रालयको पुरस्कार पाउने गरी के काम गरे नबराज बिकले ?

पर्यटन मन्त्रालयको पुरस्कार पाउने गरी के काम गरे नबराज बिकले ?


काठमाडौं । पूर्व प्रेमिका लिन जाँदा मारिएका जाजरकोटका नवराज विकसहित महावीर पुन र भैरव रिसालसम्मलाई एकै पटक पुरस्कृत गर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । समाज सुधार अभियान विधातर्फ ०७६ सालको भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार जाजरकोटका नवराज विकलाई मरणोपरान्त दिने निर्णय गरेको हो । गत जेठ १० गते राति ठकुरीको छोरी आफ्नो प्रेमिका भएको भन्दै साथीहरुसहित पश्चिम रुकुम पुगेका नवराज विकसहित छ जना मारिएका थिए ।

प्रेम छुटेको आक्रोसमा दलवलसहित पुगेका विकलाई समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा अविस्मरणीय योगदान पु¥याएको भन्दै पुरस्कार दिइएको मन्त्रालयको स्पष्टीकरण छ । भगत सर्वजीत विश्वकर्माको कदर स्वरुप नेपाल सरकारले विसं २०७३ सालदेखि भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार स्थापना गरेको हो ।

तर, नवराजलाई यो पुरस्कार दिनु अचम्म लाग्दो विषय हो । नेपाल सरकारले नै नवराजको मुद्धामा अनुसन्धान गरिरहेको छ । उनको संलग्नताको बारेमा स्पष्ट नै नभएको बेला पुरस्कार दिन नहुने दलित अधिकारकर्मीकै भनाइ छ । यो पुरस्कारले जातीय मुद्धालाई अनावश्यक बल्झाउन सहयोग गर्ने उनीहरुको भनाइ छ । त्यसो त यो घटनामा अन्य पाँच जनाको पनि मृत्यु भएको छ । नवराजमात्र पुरस्कृत गरिनुको पनि मन्त्रालयसँग स्पष्ट जवाफ छैन ।

समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा अविस्मरणीय योगदान के पु¥याएर नबराजलाई यो पुरस्कार दिइयो भन्नेबारेमा त झन् मन्त्रालयसँग कुनै जवाफ नै छैन ।

‘बोलौं एउटा दलितले पाएको पुरस्कारको बारेमा के बोल्नु ? भर्खरै निधन भएका छन्, वाहिर मान्छेको सहानुभूति छ तर नबोलौं भने यसले यो पुरस्कारको मूल्य नै घटाएको छ, आगामी दिनमा यो पुरस्कार मलाई दिएमा अब लिन्न’ दलित आन्दोलनका अगुवाले नाम नबताउने शर्तमा प्रतिक्रिया दिए ।

त्यसैगरी ०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । यो आविष्कार केन्द्रका संस्थापक महावीर पुन हुन् । त्यस्तै, संस्कृति बिधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ र भाषा साहित्य विधातर्फ महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार भैरव रिसाललाई दिने निर्णय गरेको छ । श्रेष्ठ सीमाविद् हुन् भने रिसाल सीमाको खोज अध्ययनकर्ता मात्र नभएर भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा पनि उत्तिकै सशक्त छन् । नाटक विधातर्फ गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वरिष्ठ साहित्यकार अभि सुवेदीलाई दिने निर्णय गरेको छ । यी सबै पुरस्कारको राशी जनही एक लाख रुपैया रहेको छ ।

आइतवार मन्त्रीस्तरीय निर्णयबाट यी पुरस्कारहरु घोषणा भएका हुन् । यसबाहेक संस्कृति, भाषा, ललितकला, संगीत तथा नाट्य गरी चारै विधामा एक एक जनालाई जनही एक लाख रुपैयाँ राशीको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही ५० हजार रुपैयाँ राशीको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा भएको छ ।


क्याटेगोरी : पर्यटन, प्रदेश, कर्णाली प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस