Techie IT
×
गृहपृष्ठसमाचारललितपुरमा कोरोना सङ्क्रमित ब्यक्तिको मृत्यु, मृतक संख्या २९ पुग्यो

ललितपुरमा कोरोना सङ्क्रमित ब्यक्तिको मृत्यु, मृतक संख्या २९ पुग्यो


ललितपुर, १५ असार । ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको छ ।

स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना परीक्षणको क्रममा ती युवकमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको २९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी नै छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस