Techie IT
×
गृहपृष्ठसमाचारसञ्चारकर्मीलाई पेशाबाट निष्काशन गरेकोप्रति एघार संगठनको संयुक्त बिरोध

सञ्चारकर्मीलाई पेशाबाट निष्काशन गरेकोप्रति एघार संगठनको संयुक्त बिरोध


काठमाडौं, १४ असार । कोरोना भाइरसको कारण देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार/सञ्चारकर्मीहरुलाई पेशाबाटै निष्काशन गर्ने, बेतलवी विदा बस्न दवाव दिने, राजिनामा दिन बाध्य पार्नेलगायतका कार्यप्रति बिभिन्न ११ वटा संगठनहरुले बिरोध जनाएका छन् ।

दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरुले श्रमजीवी पत्रकार ऐन विपरीतका कदमहरु तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न पनि माग गरिएको छ । सञ्चार मन्त्रालयलगायत सबै सम्बन्धित निकायहरुलाई कानुनसम्मत ढंगले समस्याको समाधानका लागि पहल गर्न ती संगठनले माग गरेका छन् ।

विभिन्न बहानामा निष्काशन, राजिनामाको दवाव र काम गरेको पुरा तलव नदिने मिडिया व्यवस्थापकहरुको रवैया आफुहरुलाई स्वीकार्य नभएको बिज्ञप्तिमा जनाइएको छ ।

दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरुले श्रमजीवी पत्रकार ऐन विपरीतका कदमहरु तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न पनि माग गरिएको छ । सञ्चार मन्त्रालयलगायत सबै सम्बन्धित निकायहरुलाई कानुनसम्मत ढंगले समस्याको समाधानका लागि पहल गर्न ती संगठनले माग गरेका छन् ।

महेश्वर दाहाल संयोजक प्रेस संगठन नेपाल, बद्री सिंग्देल अध्यक्ष प्रेस युनियन नेपाल, इन्द्र रावत अध्यक्ष क्रान्तिकारी पत्रकार महासंघ, उदय जिएम अध्यक्ष प्रगतिशील पत्रकार संघ, जन्मदेव जैसी उपाध्यक्ष क्रान्तिकारी पत्रकार संगठन नेपाल, केशवराज अर्याल अध्यक्ष प्रेस नेपाल, सिर्जना तिमिल्सिना सचिव जनपत्रकार संगठन नेपाल, मोहन सिंह अध्यक्ष मधेशी पत्रकार समाज, दामोदरप्रसाद दवाडी अध्यक्ष लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज, र गोपाल पौड्याल अध्यक्ष मिडिया नेपालले महामारीका कारण बन्द हुन पुगेका स्वरोजगारमुखी तथा साना मिडिया र रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरुको लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गरेका छन् ।

बिज्ञप्तिमा उल्लेख छ, ‘अन्यथा श्रमजीवीको श्रमको उचित सम्मान र पेशागत सुरक्षाका लागि सशक्त आन्दोलनमार्फत दवाव दिन हामी बाध्य हुनेछौं । त्यसबाट सिर्जित परिस्थितिको जिम्मेबार स्वयं मिडिया मालिकहरु र सरोकारवाला निकाय नै हुने पनि यसै विज्ञप्तिमार्फत् स्पष्ट पार्न चाहन्छौं ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस