Techie IT
×
गृहपृष्ठसमाचारथप ४६३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२७७२ पुग्यो

थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२७७२ पुग्यो


काठमाडौं, १४ असार। आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारसम्म मुलुकभर कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको बताएका हुन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मुलुकभर पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १७, झापाका २, उदयपुरका ६, र इलामका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तैगरि प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १० र महोत्तरीका ५६ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेलधुराका १, अर्घाखाँचीका ६, दार्चुलाका १, दोलखाका २, गोरखाका १, गुल्मीका १७, खोटाङका ४,रौतहटका १७, सर्लाहीका १ र सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएको छ।

साथै किटजन्य रोग प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा गुल्मीका २० र कपिलवस्तुका २ जनामा संक्रमण पुष्टि भएको छ।

पाटन अस्पताल प्रयोगशालामा धादिङका १ र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका ६३ जनामा संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्कीका ५ र नवलपरासी पूर्वका ३१ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको प्रयोगशालामा बाग्लुङका २९, पर्वतका २, सल्यानका १, तनहुँका ६, लमजुङका १ र म्याग्दीका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १, पाल्पाका २, प्युठानका ३५, गुल्मीका १ र रुपन्देहीका १२ जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ३४, कपिलवस्तुका ५ र रोल्पाका १ जनामा संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बाजुराका ३३, रुकुम पश्चिम र सल्यानका १र१ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल प्रयोगशालामा कैलालीका १७ र डोटीका १३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या १२ हजार ७७२ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म नेपालमा संक्रमित भएका मध्ये ३ हजार १३ जना डिस्चार्ज भएका छन् ।

मुलुकभर हालसम्म २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस