Techie IT
×
गृहपृष्ठप्रदेशकार दुर्घटनामा परी पत्रकार पाण्डेको मृत्यु

कार दुर्घटनामा परी पत्रकार पाण्डेको मृत्यु


बुटवल, १४ असार । बुटवलका पत्रकार कृष्ण बाबु पाण्डेको कार दुर्घटनामा परी मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल ड्राइभर टोलमा गएराति भएको सवारी दुर्घटनामा पाण्डेको ज्यान गएको हो ।

मध्यराती बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार आफैले चलाएको कार दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

घाईते पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको र उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा मृत्यु भएको हो ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस