Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियक्युबालाई ‘आतंकवाद प्रायोजन गर्ने राज्य’को सूचीमा फेरि राखेर जाँदै ट्रम्प

क्युबालाई ‘आतंकवाद प्रायोजन गर्ने राज्य’को सूचीमा फेरि राखेर जाँदै ट्रम्प


काठमाडौ । अमेरिका पूर्व राष्ट्रपति बाराक ओबामाले क्युबालाई निकालेको ‘आतंकवाद प्रायोजन गर्ने राज्य’को सूचीमा जाँदाजाँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि राखेका छन ।

ट्रम्प सरकार समाप्त हुन लागिरहेको बेला अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले क्युबालाई यो सूचीमा राखेर अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनका लागि विदेशनीति बनाउन अप्ठयारो उत्पन्न गराउने प्रयास गरेका छन ।

पोम्पेओले जारी गरेको विज्ञप्तिमा अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादको गतिविधि गर्न क्युबाले सहयोग गर्दै आएकोले उसलाई सो सूचीमा राखेको उल्लेख छ ।

बाइडनको टोलीले क्युबासँग सम्बन्ध सुधार गर्ने योजना बनाइरहेका बेला टम्प सरकारले यस्तो घोषणा गरेको हो ।
पोम्पेओले भेनेजुएलामा हस्तक्षेप गरी पश्चिमी गोलाद्र्धका बाँकी देशमा पनि क्युबाले हस्तक्षेप गरिरहेको आरोप लगाएका छन ।

ब्लुमबर्गले अमेरिकाले क्युबासँग सम्बन्ध सुधार गर्ने बाइडनको योजनाबारे समाचार यो महिनाको शुरूमा सार्वजनिक गरेको थियो । अमेरिकाले क्युबामाथि लगाइ आएको आर्थिक नाकाबन्दी, यात्रा , लगानी र विप्रेषण बाधा हटाउने समाचारमा उल्लेख गरिएको थियो ।

सन् २०१५मा बाइडन उपराष्ट्रपति रहेका बेला राष्ट्रपति बाराक ओबामाले क्युबासँग कुटनीतिक सम्बन्ध पुनर्बहाली गरेका थिए ।

सोही वर्ष ओबामाले आतंकवाद प्रायोजन गर्ने राज्यको सूचीबाट निकालेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस