Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पका कारण रिपब्लिकन पार्टी चन्दा नदिने अमेरिकी कम्पनीहरूको घोषणा

ट्रम्पका कारण रिपब्लिकन पार्टी चन्दा नदिने अमेरिकी कम्पनीहरूको घोषणा


काठमाडौ । अमेरिकी कम्पनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण रिपब्लिकन पार्टीलाई चन्दा नदिने घोषणा गरेका छन ।

होटलहरू सञ्चालन गर्ने म्यारिओट इन्टरनेशनल, स्वास्थय बीमा कम्पनी ब्लु क्रस ब्लु शिल्ड र वित्तीय शक्तिगृह सिटी बैंकले गत साता निर्वाचन प्रमाणीकरण कार्यलाई विरोध गर्ने रिपब्लिकन पार्टीका सांसदहरूलाई दिने गरेको चन्दा रोक्ने जनाएपछि त्यो लाइनमा अमेरिका अझ धेरै कम्पनीहरू जोडिन पुगेको बीबीसीले जनाएको छ ।

रिपब्लिकन पार्टीलाई चन्दा नदिने समूहमा ठूला कम्पनीहरूमा डिलोइट, एयरबीएनबी, टेलिकम कम्पनी एटी एन्ड टी र क्रेडिट कार्ड कम्पनीहरूमा अमेरिकन एक्सप्रेस र मास्टरकार्ड सहभागी भएका छन ।

यसैगरी टेक्नलजि क्षेत्रका ठूला कम्पनीहरूमा फेसबुक, गुगल र माइक्रोसफ्ट, बैकिङ क्षेत्रमा जेपी मोर्गन चेस र गोल्डम्यान स्यासजस्ता कम्पनी यो लाममा जोडिन पुगेका छन ।

निर्वाचन परिणाम स्वीकार नगरी ट्रम्पले संसद भवनमा आक्रमण गराएका कारण उनले नेतृत्व गर्ने रिपब्लिकन पार्टीलाई चन्दा दिने कम्पनीहरूमा अन्य कम्पनीहरूमा हिल्टन होटल्स चेन, वित्तीय सेवाका कम्पनी चाल्र्स स्वाब र उत्पादनमूलक क्षेत्रका कम्पनी थ्रीएम रहेका छन ।

संसदले निर्वाचित राष्ट्रपतिको प्रमाणीकरण गर्ने दिनमा विरोध जनाउने र निर्वाचन परिणामको विरोध गर्ने रिपब्लिकन सिनेटरहरूलाई दिएको रकम फिर्ता गर्न भनिरहेका छन । यसरी रकम फिर्ता गर्ने कम्पनीमा हलमार्क रहेको छ ।

अन्य कम्पनीहरूमा बैंक अफ अमेरिका र फोर्ड कम्पनीले पनि निर्वाचन परिणामको अध्ययन गरी भविष्यमा सहयोग गर्ने नीति तय गर्ने जनाएका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस