Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबाइडनको पहिलो चालको प्रतिक्षामा उत्तर कोरियाली नेता किमले दिए युद्ध सन्देश

बाइडनको पहिलो चालको प्रतिक्षामा उत्तर कोरियाली नेता किमले दिए युद्ध सन्देश


काठमाडौ । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ हतियारहरूको एक लामो सुचीसहित आफ्नो जन्मदिन मनाएका छन ।
यसमा बढी भन्दा बढी ठीक ठेकानमा मार हान्न सक्ने लामो दूरीका क्षेप्यास्त्रहरू,धेरै ठूलो युद्धशीर्षहरू , जासुसी भूउपग्रह र परमाणु शक्तिकृत पनडुब्बी(लङ रेन्ज मिसाइल्स, सुपर लार्ज वार हेड,स्पाई स्याटेलाइन्टस र न्युक्लियर पावर्ड समरिन) रहेका छन ।

गत पाँच वर्षयता उत्तर कोरियाले घोषणा गरेको सैन्य योजनाले दिने धम्कीको भाषा एक सर्वाधिक ठूलो राजनीतिक घटनाको रूपमा उपस्थिति भएको छ ।

अमेरिकी राष्ट्रपति पद सम्हाल्ने तयारीमा रहेका निर्वाचित राष्ट्रपति जो बाइडनका लागि दिइएको यो सन्देश एक चुनौती पनि छ ।

किमलाई उत्तर कोरियाको सत्ताधारी पार्टी मजदुर पार्टको सर्वाधिक उच्च पद महासचिवमा यही बेला नियुक्त गरिएको छ ।उत्तर कोरिया बाहिर अमेरिकामा किमका बारेमा विभिन्न किसिमको भ्रम रहेका बेला किमलाई महासचिव नियुक्त गरिएको हो ।

अमेरिकी प्रशासनले किमलाई उनको परमाणु महत्वाकांक्षाबाट हटाउन खोजिए त्यसको सुनुवाइ हुने समय यो हुन सक्ने छ ।
बाइडन प्रशासनले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै ‘किम जोङ उन एन्ड द बम’का लेखक अकिंत पान्डाले भने “ किमका घोषणाहरूको अर्थ निसन्देह आगामी अमेरिकी प्रशासनको ध्यान तान्न रहेका छन । द्रुतगतिमा ध्यान दिन असफल भए उत्तर कोरियाले आफ्नो गुणस्तरीय उन्नत क्षमता प्राप्तगर्ने बाटोमा गए यो अमेरिका र दक्षिण कोरिया दुबैका स्वार्थहरूका लागि हानिकारक हुन्छ ।”

किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन पटक भेटेका छन । तर उनीहरूबीच भएका तीन भेटले उत्तर कोरियाको परमाणु कार्यक्रम वा हाल उत्तर कोरियामाथि अमेरिका र राष्ट्रसंघले लगाएको आर्थिक नाकाबन्दी हटाउने विषयमा कुनै सफलता प्राप्त हुन सकेन ।

कोरिया प्रायद्वीपमा जो बाइडनले राम्रो गर्न सक्छन वा किमको खतरालाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने सवाल सोधिन्छन ।
पान्डाले भने “निर्वाचित राष्ट्रपति यसको अंकित मूल्यलाई सक्दो छिटो लिनु पर्छ र उत्तर कोरियासँग गरिने सम्भावित सम्झौताहरूको विषयमा उनको प्रशासनको ठोस बुझाइ बारे आफ्नो दृष्टिकोण स्पस्ट पार्नु पर्छ ।”

किमले अमेरिकाको परम्परागत अडानबाट उत्तर कोरियाको विषयमा समग्र परमाणु निःशस्त्रीकरण सम्बन्धी विषय र उत्तर कोरियामाथि लगाइएको आर्थिक नाकाबन्दी हटाउने विषयमा पहल गर्ने अडानमा परिवर्तन नहुने बुझेपछि उनले परमाणु हातहतियारको परीक्षण गर्ने कार्यलाई अगाडि बढाउने तिर जाने लेखक पान्डाले बताए ।

सत्ताधारी पार्टीका हजारौ प्रतिनिधिहरूको उपस्थितिमा किमले अमेरिकालाई देशका लागि सबै भन्दा ठूलो शत्रु भएको बताए । साथै उनले कुटनीतिक बाटोलाई नबिर्सेको पनि बताए ।

नयाँ अमेरिकी सुरक्षा केन्द्रमा संयुक्त बरिष्ठ मित्र डाइओन किमले अमेरिकाले कुनै पनि हालतमा सम्झौताका लागि पहिलो कदम चाल्नुपर्ने बताए ।

डाइओन किमका अनुसार उत्तर कोरियाका नवनियुक्त महासचिव किमले शीतकालीन शैलीमा हतियार नियन्त्रणको विषयमा बोलिरहेका छन । त्यसैले दुबै पक्षले सम्झौताका लागि वार्ता प्रयास गर्नुपर्ने आवश्यकता छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस