Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पका कटु आलोचकलाई बाइडनले सीआईएका निर्देशक मनोनयन गरे

ट्रम्पका कटु आलोचकलाई बाइडनले सीआईएका निर्देशक मनोनयन गरे


काठमाडौ । अमेरिकाका निर्वाचत राष्ट्रपति जो बाइडनले दुबै पार्टीका राष्ट्रपतिहरूसँग कार्य गरी अनुभव बटुलेका कुटनीतिक पेशाकर्मी विलियम बन्र्सलाई बाह्य गुप्तचर संस्था सीआईएका निर्देशकमा मनोनयन गरेका छन ।

अमेरिकाको विदेशमन्त्रालयमा ३० वर्ष भन्दा बढी समय सेवा गरेका बन्र्सले सन् २०१४मा सरकारी सेवाबाट निवृत भएका थिएका थिए । सन् २०११–२०१४सम्म बन्र्सले उप विदेशमन्त्रीको भूमिकामा काम गरेका थिए ।

बाइडनले बन्र्ससँग उपराष्ट्रपति पदको दुवै कार्यकालमा काम गरेका थिए । साथै सिनेटको विदेश सम्बन्ध समितिमा भएका बेला पनि बन्र्ससँग बाइडनले काम गरेका थिए ।

बाइडनले राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि मनोनयन गरेका जेक सुलिभानका मेन्टरको रूपमा पनि बन्र्सले काम गरेका छन । सन् २०१३मा बन्र्सले सुलिमानसँग मिलेर एक गुप्त च्यानल इरानसँग बनाएका थिए । त्यसले इरान परमाणु समझौता बनाउन सहयोग गरेको थियो ।

सन् २००२मा इराक युद्ध अघि बन्र्सले तत्कालीन विदेश मन्त्री कोलिन पावेललाई बलियो कुटनीतिक मार्ग अपनाउन आग्रह गरेका थिए । साथै इराकमा शासन फाल्ने प्रयासले अमेरिकी हितलाई हानि पु¥याउन सक्ने चेतावनी सहितको मेमो दिएका थिए ।

गुप्तचर सेवा अराजनीतिक हुनै पर्छ र समर्पित गुप्तचर पेशाकर्मीहरूले हाम्रो देशका लागि सम्मानका हकदार हुने भन्ने बन्र्सको भनाइ मेरो बुझाइसँग मेला खाएकाले मनोनयन गरिएको बाइडनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकी गुप्तचर एजेन्सीहरू र राष्ट्रपति कार्यालय बीचको सम्बन्ध बिग्रिन पुगेको थियो ।

दुबै पार्टीका गरी पाँच राष्ट्रपति र दश विदेशमन्त्रीहरूसँग कार्य गरेका बन्र्सले सन् २०१९मा विदेश मामिलासम्बन्धी पत्रिकामा विचार अभिव्यक्त गर्न शुरू गरेका थिए ।ट्रम्पले कुटनीतिक पेशाकर्मीहरू प्रति गरेको आक्रमणको विरोधमा बन्र्सले आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए ।

बन्र्सले गत अगस्टमा ट्रम्पका बारेमा व्यक्त गरेका विचार सबै सही भएको देखिएको छ । उनले भनेका थिए ट्रम्पले चुनाव हारेमा उनले परम्परा र निर्वाचन परिणामलाई अनुशरण गर्ने छैनन । उनले चुनावमा धाँधली भयो भने भनेर हल्ला गर्छन र निर्वाचन परिणामको विरोध गर्छन ।

बन्र्सको पूर्वानुमान संसद भवनमा भएको दङ्गाले झन बढी पुष्टि गरेको छ ।

 

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस