Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशभन्सार छली ल्याउँदै गरेका विभिन्न सामान बरामद

भन्सार छली ल्याउँदै गरेका विभिन्न सामान बरामद


पर्सा, १२ असार । बीरगंज महानगरपालिकाको बिभिन्न नाकाहरुमा भन्सार छली ल्याउदै गरेका करिब २ लाख ५८ हजार ६ सय २० रुपैयाँ मूल्य बराबरको कपडा, खाद्यान्न, हार्डवेयर लगायतका समानहरु बिहीबार प्रहरीले बरामद गरेको छ ।

भन्सार छली गैरकानूनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार गर्दै गरेको अवस्थामा प्रहरीले उक्त सामानहरु बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस