Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशसदाको परिवारलाई प्रदेश सरकारल पाँच लाख सहयोग गर्ने

सदाको परिवारलाई प्रदेश सरकारल पाँच लाख सहयोग गर्ने


धनुषाका युवक र चट्याङ लागेर मृत्यु भएका सप्तरीका चार जनाको परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

उपचारको अभावमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु. ५ लाख आर्थिक सहयोग गर्ने प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले घोषणा गरेका छन् ।

सदा मृत्युको बिषयमा छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साहको संयोजकत्वमा गठित तीन सदस्य छानबिन समितिले छानबिनको काम शुरु गरिसकेको र सो समितिको प्रतिबेदनका आधारमा दोषीलाई कार्वाही गरिने समेत मन्त्री यादवले जानकारी दिऐ । हिजो उपचारको क्रममा सदाको मृत्यु भएको थियो ।

यस्तै हिजो चट्याङ लागेर मृत्यु भएका सप्तरीका चार जनाको परिवारलाई प्रदेश २ सरकारले रु. १/१ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
मृतक परिवारको घरमा पुगेर प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सो आर्थिक सहयोगको घोषणा गरे ।

बर्षासँगै परेको चट्याङ लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टी निवासी ३० बर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ निवासी ६० बर्षीय छेदी ठाकुर र २७ बर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका २ बेल्ही चपेना निवासी ४६ बर्षीय केसी साहको मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


प्रतिक्रिया दिनुहोस