Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशभैँसी चोर २४ वर्षपछि पक्राउ

भैँसी चोर २४ वर्षपछि पक्राउ


सप्तरी, २७ पुस । भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ ।

सप्तरीको कन्चनरुप नगरपालिका ४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।

स्थानीय भरत लाल बहरखेर यादवको भैँसी चोरेको आरोपमा बातरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

डीएसपी साहकाअनुसार पक्राउ परेका बातरलाई एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो।

पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #chor


तपाईको प्रतिक्रिया दिनुहोस