Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियफिलोमेना आँधीले सडकमा डेढ फिट बढी बाक्लो जमेको हिउँ हटाउँदै स्पेन

फिलोमेना आँधीले सडकमा डेढ फिट बढी बाक्लो जमेको हिउँ हटाउँदै स्पेन


काठमाडौ । स्पेनका सडकमा २० इन्च बाक्लो जमेको हिउँ हटाउँने काम भइरहेको छ । आँधी फिलोमेनाले ल्याएको डेढ फिट बढी बाक्लो जमेको हिउँले कोरोनाभाइरस खोप र खानेकुराको आपूर्तिमा असर पारेको छ ।

म्याड्रिडका सडकमा शुक्रबारराति देखि शनिबार यो हिउँ सहितको आँधी आएको थियो ।

चार जनाको मृत्यु भइसकेको छ भने हजारौं पर्यटक फसेका छन । मौसम पूर्वानुमान गर्नेहरूले आइतबार राति पनि तापक्रम घटेर जाने चेतावनी दिएकाले थप हिमपात हुन सक्ने सम्भावना बढाएको थियो ।

स्पेनी सरकारले ३ लाख कोरोनाइरस खोपलाई स्वास्थ्य अधिकारीहरूसम्म सोमबारसम्म पु¥याउन सक्ने गरी अतिरिक्त प्रहरी सुरक्षाकर्मी परिचालन गरेको बताएको छ ।

यातायात मन्त्री जोस लुइस अबालोसले स्वास्थ्य सामाग्री, खोप र खाना आपूर्ति गर्ने गरिएको ग्यारन्टी पूरा गर्न क्यारिडोरहरू खुला गरिएको बताएका छन ।

सेनाका जवानहरू ७ सय प्रमुख रोडहरूको सफाइमा जुटेका छन ।

आइतबार मध्यान्हदेखि म्याड्रिडको अन्तर्राष्ट्रिय विमानस्थलको कार्य फेरि क्रमिकरूपमा शुरूआत भयो । शुक्रबार सबै उडान सेवाहरू रद्द गरिएका थिए ।आँधी फिलोमेना आएयता म्याड्रिड क्षेत्रका करिब ५ सय मानि खेलकुद केन्द्रजस्ता ठाउँमा रात्रिबास बस्न बाध्य भएका थिए ।

सय पसलहरू र तिनका कर्मचारी दुई राति पसलमै बस्नु परेको छ । कतिपयले कार्डबोर्ड बिछाएर रात बिताएकाहरू मध्ये केहीले टेलिभिजनमा दुखेसो पोखेका थिए ।

यो हिमपात सन्१९७१कै सबै भन्दा भारी रहेको मौसमपूर्वानुमान नियोगले जनाएको छ ।

यस्तो विपरीत परिस्थितिमा पनि कतिपयले हिरोजस्तो काम गरेको देखिएको छ ।चिकित्सक तथा चिकित्साकर्मीहरूले हिमपात भएपछि आफ्ना वाहन छोडेर १७ किलोमिटर भन्दा बढी लामो बाटो हिँडेर अस्पतालमा रोगीहरूको सेवा गर्न पुगेका थिए । स्वास्थ्य मन्त्रीले यी सहासिक चिकित्साकर्मीहरूको प्रसंशा गरेका छन । गाडी मालिकहरूले अस्पताल जाने सडकहरूलाई सफा पार्न आफ्ना कामदारहरूलाई आदेश दिएका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान, समाचार, स्वास्थ्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस