Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियडेमोक्रेट पार्टीका सांसदहरू ट्रम्पलाई महाभियोग लगाउन तयार

डेमोक्रेट पार्टीका सांसदहरू ट्रम्पलाई महाभियोग लगाउन तयार


काठमाडौ । अमेरिकाको प्रतिनिधि सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध महाभियोग लाउन तयारी गरेका छन ।

मंगलबार महाभियोग लगाउने प्रतिनिधि सभामा डेमोक्रेट पार्टीका बरिष्ठ सदस्यले बताए ।

अमेरिकाको संसद भवन दङ्गामा राष्ट्रपति ट्रम्पको संलग्नताका कारण राजद्रोहको अभियोगमा महाभियोग लगाइने प्रतिनिधि सभाका सचेतक जेम्स क्लिबर्नले बताए ।

तर यो महाभियोग सिनेटमा राष्ट्रपतिको कार्यभार जो बाइडनले १०० दिन पूरा नगरेसम्म नपठाइने उनले जनाए ।

सचेतक क्लिबर्नले राष्ट्रपति बाइडनलाई १०० दिनको समय उनको एजेन्डा विस्तार गर्न आवश्यक हुने भएकाले महाभियोग यो समय भित्र नल्याइने बताए ।

बाइडनले आफ्नो मन्त्रिपरिषदको गठन र नीतिको शुरूआतसहित कोरोनाभाइरसलाई नियन्त्रणमा लिने काम अगाडि बढाउने छन ।

प्रमुख सामाजिक सञ्जालका प्लेटफर्ममा ट्रम्पलाई प्रतिबन्धित गरिएयता उनले कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन ।

तर आइतबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ट्रम्प मंगलबार टेक्सासको भ्रमण गरी मेक्सिको सीमा पर्खाल खडा गर्ने काम कति पूरा भयो भनेर हेर्न जाने उल्लेख गरेको छ ।

बुधबार संसद भवनमा ट्रम्प समर्थकहरूले गरेको दङ्गामा ट्रम्पको भूमिकाका लागि डेमोक्रेट तथा रिपब्लिकन सांसदहरूले ट्रम्पलाई कारबाही गर्नुपर्ने माग गरेका छन । त्यो दङ्गामा पाँच जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस