Techie IT
×
गृहपृष्ठसमाचारनेपाल सुनचाँदी ब्यवसायी महासंघमा नयाँ नेतृत्व चयन

नेपाल सुनचाँदी ब्यवसायी महासंघमा नयाँ नेतृत्व चयन


नेपाल सुनचाँदी ब्यवसायी महासंघको शुक्रबारदेखि साठमाडौंमा शुरु भएको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनवाट महासंघका यस अघिका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य निर्बिरोध अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन प्रक्रियाको पहिलो चरणबाटै अध्यक्षसँगै उपाध्यक्ष दियेशरत्न शाक्य, उपाध्यक्ष विपेन्द्र रामुदामु, एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी र महासचिव धर्मसुन्दर बज्राचार्य निर्विरोध रुपमा चयन रुपमा चयन भैसकेका थिए भने सहमतिसँगै उपाध्यक्षमा अर्जुन रसाइली, मोहन काजी शाक्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्धयमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्मा र प्रवक्तामा मनोज कुमार साह र सह कोषध्यक्षमा पद्मशुन्दर शाक्य समेत सर्वसम्मत निर्वाचित भएका हुन् ।

महासंघका विद्यमान विधान बमोजिम ५५ सदस्यिय कार्यसमिति रहने ब्यवस्थ्ता भए अनुरुप यी सवै पदमा सहमितको आधारमा कार्यसमिति चयन भएतापनि सहमतीको लागि भने निकै ठूलो कसरत भएको थियो । शुक्रबार नै उद्घाटन भएको महाधिवेशनले शनिबार पनि सर्वसम्मत नेतृत्व दिन सकेन । बन्द सत्रको सुरुवातमै विवाद भै साधारणसभा समेत स्थगित हुन पुगेको थियो ।

विभिन्न खालका असहमतिहरुलाई निराकरण गरी सर्वसम्मत नेतृत्व चयन गर्नको निमित्त साधारणसभाले विधान संशोधनगरी केही नयाँ पद थप गर्ने निर्णय समेत गरेको छ । विधान संशोधन पछि मनोनित गर्नेगरी उपाध्यक्षमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गा वहादुर सुनार, महेन्द्र रत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहेका छन् भने यस्तै प्रश्तावित सचिवमा केश वहादुर सुनार तथा सहकोषध्यक्षमा रमेश रसाइली रहेका छन् । जस अनुसार जतिसक्दो चाँडो विशेष साधारणसभा आब्ह्वान गरी विधान संशोसन गर्नुपर्नेछ भने  विधान संशोधन पछि महासंघमा ७७ जनाको कार्यसमिति बन्नेछ ।

महाधिवेशनको पहिलो दिन शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरेका थिए ।
संघीय संरचना अनरुप आफूलाई अगाडि बढाएको महासंघले यसअघि नै प्रदेशगतरुपमा नयाँ नेतृत्व चयन गरिसकेको छ । केन्द्रिय नेतृत्वमा प्रत्येक प्रदेशवाट दुई/दुई जनाकादरले १४ जना र बाँकी एक महिलासदस्य सहितका पदाधिकारी एवं सदस्यहरु केन्द्रिय तहवाट छनौट गर्ने ब्यवस्था विधानमा छ । ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फाल्गुण २० गते विधिवत रुपमा दर्ता भएको नेपाल भरिका सुनचाँदी ब्यवसायीहरुको छाता संगठन हो । मुलुकको संघीय संरचना अनुरुप सातै वटा प्रदेशमा प्रदेश महासंघका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला/नगर संघको अलावा एशोसिएट सदस्यहरु तथा वस्तुगत संघहरु यस महासंघमा आवद्ध रहेका छन । साधारणसभाका अवसरमा तीन जना सञ्चारकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

निर्वाचित भैसकेपछिका केही झलकहरुः

 


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस