Techie IT
×
गृहपृष्ठBreakingराष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य


२६ पौष, काठमाडौं । पौष १७ गते आव्हान भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज अन्त्य भएको छ । आजै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य भएको राष्ट्रपतिद्वारा पठाएको पत्र पढेर सुनाएका थिए ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुको साथै केही सांसदहरुले गरेको प्रश्नको जवाफ दिएका थिए । आज बसेको वैठकमा थारु आयोगको प्रतिवेदनका साथै विधायन समितिको प्रतिवेदन सभासमक्ष पेश भएको थियो।

संवैधानिक व्यवस्था अनुसार पौष १७ गते अधिवेशन आव्हान गर्नुपर्ने भएकोले राष्ट्रिय सभाको ७ औं अधिवेशन डाकिएको थियो । प्रतिनिधि सभा नभएको अवस्थामा राष्ट्रिय सभाको विजनेस नभएकोले अधिवेशन अन्त्य गर्नुपरेको बताइएको छ ।


क्याटेगोरी : Breaking, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस