Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअँध्यारोमा पाकिस्तान, प्रकाश विस्तारै आउने

अँध्यारोमा पाकिस्तान, प्रकाश विस्तारै आउने


काठमाडौ । पाकिस्तानमा बिजुली शक्ति प्रसारण लाइन काटिएपछि पूरै पाकिस्तान अँध्यारोमा पर्न गएको छ ।

अधिकारीहरूका अनुसार गत मध्यरात देशभर अँध्यारो भएपछि प्रकाश विस्तारै फर्किनेछ ।

पाकिस्तानी अधिकारीहरूले आम नागरिकलाई धैर्य धारण गर्न र प्रकाशको प्रतिक्षा गर्न आग्रह गरेका छन ।

बिजुली जानु पाकिस्तानमा सामान्य भइरहेकाले अति आवश्यक ठाउँमा डिजेल जेनरेटरबाट बिजुली आपूर्ति गर्ने गरिएको छ ।

पाकिस्तानका ऊर्जा मन्त्री ओमार अयुब खानले टिवटरमा देशभर बिजुली जानुमा ऊर्जा प्रसारण प्रणालीमा अचानक आएको गडबडी भएको जनाए ।

पाकिस्तानका इश्लामाबाद, लाहोर र कराँची जस्ता प्रमुख शहरमा बिजुली गएर समस्या उत्पन्न भएको छ ।

मन्त्रीले बिजुली विस्तारै फर्किने जनाएका थिए । तर देशभर बिजुली गएको कारणबारे अनुसन्धान हुने उनले जनाए ।

पाकिस्तानमा बिजुलीको अभाव पूरा गर्न आपूर्ति कमजोर भएकाले बिजुली धेरै क्षेत्रमा केही घन्टाका लागि जाने गरेको छ । यस कारण पाकिस्तानमा सडक प्रदर्शन भइरहेको हुन्छ ।

सन् २०१३मा पाकिस्तानको दक्षिण पश्चिम क्षेत्र बलुचिस्तानको एक ऊर्जा उत्पादन गृहमा प्रविधिक कमजोरीका कारण राष्ट्रिय सञ्जाल भङ्ग हुन गएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस