Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइन्डोनेसियाको श्रीविजया यात्रु वाहक विमान बेपत्ता

इन्डोनेसियाको श्रीविजया यात्रु वाहक विमान बेपत्ता


काठमाडौ । इन्डोनेसियाको राजधानी जाकर्ताबाट ५० जना बढी यात्रु लिएर उडेको विमान आकाशमा बेपत्ता भएको छ ।

श्रीविजिया एयर बोइङ ७३७को यात्रु वाहक विमान पश्चिम कालिमान्तान प्रान्तको पोन्तियानाकबाट सम्पर्क विहीन भएको अधिकारीहरूले बताएका छन ।

उडान पछयाउने वेबसाइट फ्लाइटट्रेडर२४डटकमले सो विमान १० हजार फिटको उचाइँमा उडान भरेको एक मिनेट भित्र सम्पर्क विहिन भएको जनाएको छ ।

यातायात मन्त्रालयले बेपत्ता भएको सो विमानको खोजी तथा उद्धार कार्य शुरू भएको छ ।

मन्त्रालयका अनुसार स्थानीय समय १४ बजेर ४० मिनेट जाँदा भएको सम्पर्क पछि सो विमान सम्पर्क विहीन भएको हो ।

विमान दर्ता विवरण अनुसार बोइङ ७३७–५०० नामक यो विमान २७ वर्ष पुरानो रहेको छ ।

श्रीविजया एयर इन्डोनोसियाको स्थानीय यात्रु वाहक विमान सेवाले बेपत्ता भइसकेको विमानको विषयमा सूचना संकलन गर्ने काम भइरहेको जनाएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

हालका वर्षमा दुर्घटना भएको बोइङको ७३७ म्याक्स मोडल अन्तर्गतको यो विमान नभएको जनाइएको छ ।

सन् २०१८को अक्टोबरमा ७३७ म्याक्स मोडलको विमान इन्डोनेसियाका लायन एयर अन्तर्गतको उडानको क्रममा दुर्घटना भएको थियो । यो मोडलको दुई मध्ये पहिलो दुर्घटनामा परेको विमान थियो ।

त्यो विमान जाकर्ताबाट उडेको १२ मिनटमा समुद्रमा दुर्घटना भएको थियो । त्यो दुर्घटनामा १८९ जनाको मृत्यु भएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, पर्यटन, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस