Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशहेटौँडामा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

हेटौँडामा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु


हेटौँडा, २५ पुस । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालकाको चुरियामा यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार महिलाको मृत्युभएको छ ।

राजमार्गअन्तर्गत हेटौँडा १५ स्थित चुरियामाई मन्दिर उकालोमा शुक्रबार राति जनकपुरबाट काठमाडौँका लागि आएको ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना६३ प १५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार हेटौँडा ३ लेवटका अन्दाजी ४२–४३ वर्षीया देवी लामाको मृत्युभएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले लामाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जानकारी दिए । त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक हेटौँडा ३ लेवटका अन्दाजी ३५–३६ वर्षीय इश्वर नेपालको भरतपुरस्थित सीएमसी अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #aaccident, #hetauda


तपाईको प्रतिक्रिया दिनुहोस