Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश १कोशी क्षेत्रमा हात्ती आतंक

कोशी क्षेत्रमा हात्ती आतंक


इनरुवा, २५ पुस । सुनसरीमा यसपाली जाडो कम भएपनि कोशी क्षेत्रमा हात्ती आतंक भने कम भएको छैन् । हात्तीको तानडव कायमै रहेकाले विपन्न समुदायको बिचल्ली भएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्केर आएको जंगली हात्तीले शुक्रबार मध्यराती मात्रै कोसी गाउँपालिका ४ मा आतंक मच्चाएको छ ।

हात्तीले मच्चाएर कोशी ४ का स्थानीय अफरोज आलम सहितका घरमा क्षती गरेको छ । जंगली हात्तीले स्थानीय अफजल मियाँ, नसरुद्दीन मियाँ, महरुपा खातुन, गुलाम रसुल, जाकिर मियाँ सहितको घरमा क्षती सहित संरचनामा तोडफोड गरेको छ ।

हात्तीले घरमा भण्डारण गरेको धान, गहु, मकै र चामल खाएर नष्ट गरेको स्थानीय अफरोज आलमले जानकारी दिनुभयो । उता सुनसरीको कोशी क्षेत्रमा एकपछि अर्को जंगली जनावरको आतंक र आक्रमण बढेपछि स्थानीयहरु आन्दोलित बनेका छन् ।

पुस महिनामा मात्रै दुईजनाको ज्यान लिने गरी हात्ती आक्रमण भएको र दर्जन बढी घरमा क्षति गर्नुको साथै बालीमा नोक्सानी गरेकोले स्थानीयहरु संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन् । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले संघर्ष समितिले घोषणा गरेको आन्दोलनलाई पूर्ण समर्थन गरेको बताए ।

अध्यक्ष अन्सारीले समस्यालाई समाधानका लागि आफूबाट पूर्ण सहयोग हुने बताउँदै प्रत्येक घरबाट आन्दोलनमा सहभागि हुनुपर्नेमा जोड दिए । आन्दोलनबाटै संघीय सरकारलाई घचघच्याउने चेतावनी दिर्दै अन्सारीले नटेरे थप आन्दोलनको घोषणा गर्ने समेत बताए।

जंगली जनावर पीडित संघर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले पीडितहरुको अधिकार प्राप्तीको लागि आन्दोलन सुरु गरेको बताए । ज्ञापनपत्र बुझाएको हुँदा मागलाई सम्वोधन गर्न आवश्यक रहेको र माग सम्वोधन नभए आपूmहरु थप आन्दोलन गर्ने चेतावनी दिएको बताए ।

हात्तीको विज्ञ टोलीले गरेको निर्णय कार्वान्वयन नभएको हुदाँ आफूहरु फेरी आन्दोलनको घोषणा गरेको बताए । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको मकुना हात्तीको आक्रमणबाट मसिर २९ गते कोशी गापा–६ का प्रमोद यादव र पुस १३ गते कोशि–५ का मोती कामेतको निधन भएपछि कोशीका स्थानीयहरुले सुरक्षाको प्रत्याभूतीको महसुस नभएकाले पुनः आन्दोलनको घोषणा गरेका हुन् ।आरक्षबाट निस्केका हात्तीको आक्रमणबाट दश वर्षमा २२ जना भन्दाबढीको मृत्यु भइसेकको छ ।


क्याटेगोरी : समाचार, प्रदेश १


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार