Techie IT
×
गृहपृष्ठसमाचारपत्नीलाई मुम्बइमै छोडेर प्रचण्ड आज स्वदेश फर्किदै

पत्नीलाई मुम्बइमै छोडेर प्रचण्ड आज स्वदेश फर्किदै


काठमाडौं, २५ पुस। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । पत्नी सीतालाई उपचारको लागि भारतको मुम्बइमै छोडेर उनी स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।

पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बइ गएका थिए । पाँच दिन मुम्बइमा पत्नी सँगै रहेका प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् ।

लामो समयदेखि पत्नी सीता दाहाल बिरामी छिन् । यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई यसपटक मुम्बइ लगिएको हो । सीतासँग उनका छोरीहरु छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #prachanda


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार