Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियपरमाणु हतियार बनाउने उत्तर कोरियाली नेताको प्रतिज्ञा

परमाणु हतियार बनाउने उत्तर कोरियाली नेताको प्रतिज्ञा


काठमाडौ । उत्तर कोरियाली नेता किम जोङ् उनले देशको सबै भन्दा ठूलो शत्रु अमेरिकाले त्यहाँ राष्ट्रपति जो सुकै भएपनि नीतिमा परिवर्तन ल्याउने विश्वास आफूलाई नलागेको बताएका छन ।

उत्तर कोरियाको सत्ताधारी मजदुर पार्टीको कांग्रेसलाई सम्बोधन गर्दै किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैनिक क्षमता विस्तार गर्ने प्रतिज्ञा गरेका छन ।

उनले भने परमाणु पनडुब्बीको योजना झण्डै तयार भइसकेको बताए ।

अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडनले राष्ट्रपतिको कार्यभार सम्हाल्ने तयारी गरिरहेका बेला उनको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

बाहिरिन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता गरिसकेको नेता किमले यस्तो भन्नु अमेरिकामाथि दबाब सिर्जन ागर्न गरेको प्रयास हुन सक्ने विश्लेषकहरूले बताएको बीबीसीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस