Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रिय‘हामीलाई शान्त पारिने छैन ’ भन्दै ट्रम्पले प्रतिबन्धित भए लगत्तै एटदरेट पोटस ह्यान्डलबाट चिरबिराए

‘हामीलाई शान्त पारिने छैन ’ भन्दै ट्रम्पले प्रतिबन्धित भए लगत्तै एटदरेट पोटस ह्यान्डलबाट चिरबिराए


काठमाडौ । टिवटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको असली खाताबाट चिरबिराउन नदिएपछि ट्रम्पले अर्को अकाउन्ट एटदरेट पोटस ह्यान्डलबाट तत्काल चिरबिराउँदै  “ हामीलाई शान्त पारिने छैन ” भनेका छन ।

टिवटरले ट्रम्पका अभिव्यक्ति हिंसाको जोखिम बढाउने भएकाले उनको असली अकाउन्ट स्थायीरूपमा बन्द गर्ने घोषणा गरे लगत्तै ट्रम्पले सो अर्को अकाउन्ट प्रयाग गरी “ हामीलाई शान्त पारिने छैन ” टिवटेका छन ।

राष्ट्रपति ट्रम्पको व्यक्तिगत ह्यान्डल एटदरेट रियल डोनाल्डट ट्रम्पलाई स्थायीरूपमा बन्द गरिदिएपछि ट्रम्पले आफ्नो सरकारी अकाउन्ट लिएका थिए ।

सामाजिक सञ्जाल विरूद्ध बोल्दै ट्रम्पले उग्र बामपन्थी विचारलाई प्रोत्साहन गरी अभिव्यक्ति स्वतन्त्रताको कटौती गरिरहेको आरोप लगाएका छन ।

ट्रम्पले भनेका छन “ धेरै अघि देखि मैले टिवटरले अभिव्यक्ति स्वतन्त्र हनन गरेको भन्दै आएको छु , टिवटरका कामदारहरू डेमोक्रेट र उग्र बामपन्थीसँग साँठगाँठ गरेर मेरो अकाउन्ट प्लेटफर्मबाट हटाएर मलाई र मलाई मतदान गर्ने देशभक्त साढे सात करोड मतदातालाई शान्त पार्न खोजिएको छ ।”

ट्रम्पले अर्को अकाउन्टबाट गरेको यो पहिलो चिरबिर हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस