Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियगुगल प्ले स्टोरबाट ट्रम्प समर्थक सामाजिक सञ्जाल ‘पार्लर’ हटाइए

गुगल प्ले स्टोरबाट ट्रम्प समर्थक सामाजिक सञ्जाल ‘पार्लर’ हटाइए


काठमाडौ । गुगलले ट्रम्पको कन्जरभेटिभ पार्टी मैत्री सामाजिक सञ्जाल पार्लरलाई आफ्नो गुगल प्ले स्टोरबाट हटाएको छ ।

उपभोक्ताको सुरक्षाका लागि आवश्यक काम गर्नुपर्ने भएकोले पार्लरलाई हटाएको कारण गुगलले उल्लेख गरेको छ ।

अल्फाबेटको स्वामित्वमा रहेको वेब कम्पनी गुगलले शुक्रबार एक विज्ञप्ति जारी गरी पार्लरलाई आफ्नो मुख्य एप प्लेटफर्मबाट हटाएको जनाएको छ ।

उसले यो साइटमा भयंकर विषयवस्तुका लागि सन्तुलित आचारसंहितासम्बन्धी नीतिहरूको अभाव रहेको र आफ्नो प्ले स्टोरका लागि आवश्यक भएकाले यसलाई हटाइएको जनाएको छ ।

कम्पनीले सबै डिभलोपरहरूले यी शर्तहरूको आधारमा यो निर्णय लिन सहमत भएको र यसबारे पार्लरलाई जानकारी हालैका महिनामा गराएको जनाएको छ ।

पार्लरले अमेरिकाको संसद भवनमा ट्रम्प समर्थकहरूलाई भड्काउन उपयोग गरिएको भन्दै यसमा प्रतिबन्ध लगाउनुपर्ने इमेल प्राप्त भएको थियो ।

एपको उपयोग खतरनाक तथा अवैधानिक कार्यका लागि उपयोग हुन सक्ने देखिएको कम्पनीले जनाएको छ ।

गुगलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टिवटर, फेसबुक जस्ता सामाजिक सञ्जालले बहिष्कार गर्ने नीति लिए जस्तै पार्लर एप हटाउने निर्णय भएको देखिएको छ । एप्पल र गुगलले यो एप स्टोर सञ्चालन स्मार्टफोनबाट गरिएआएका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस