Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियतत्काल राजीनामा नदिए ट्रम्प विरूद्ध राजद्रोहको महाभियोग लगाउने योजना

तत्काल राजीनामा नदिए ट्रम्प विरूद्ध राजद्रोहको महाभियोग लगाउने योजना


काठमाडौ । अमेरिकाको डेमोक्रेट पार्टीले संसद भवन क्यापिटोलमा भएको आक्रमणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध राजद्रोहको अभियोगसहित महाभियोग लगाउने योजना ल्याउन लागेको छ ।

सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले तत्काल राजीनामा नदिए उनका विरूद्ध महाभियोगको प्रस्ताव ल्याउने बताएकी छिन ।

राजद्रोहको अभियोग सहित महाभियोग सोमबार संसदमा दर्ता गराइने योजना रहेको छ ।

त्यसमा संसद भवन विरूद्ध दङ्गा भड्काएको अभियोग ट्रम्प विरूद्ध लगाइएको छ । त्यस दङ्गामा पाँच जनाको मृत्यु भएको छ ।

अमेरिकाका निर्वाचति राष्ट्रपति जो बाइडनले अमेरिकी कंग्रेसमा महाभियोगबारे निर्णय गर्न दिइने तर आफूले लामो समयदेखि राष्ट्रपति पदका लागि ट्रम्प योग्य व्यक्ति नभएको सोच्दै आएको बताएका छन ।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले महाभियोग राजनीतिक अभिप्रेरित भएको र यसले देशलाई थप विभाजन तर्फ डो-याउने बताएको छ ।

ट्रम्प विरूद्धको महाभियोगले दोस्रो पटक संसद भवनमाथिको आक्रमणलाई निम्त्याउने जनाएको छ ।

डिसेम्बर २०१९मा ट्रम्प विरूद्धको महाभियोग सत्ताको दुरूपयोग गरेको अभियोग र कांग्रेस अवरूद्ध गरेको अभियोगसहित ल्याइएको छ । सन् २०२०मा सिनेटले उनलाई दुबै अभियोगबाट वरी गरेको थियो ।

डेमोक्रेटका साथै केही प्रभावशाली रिपब्लिकन नेताहरूले ट्रम्पलाई पदबाट तत्काल निकाल्नु पर्ने अभिव्यक्ति दोह-याएका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस