Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियटिवटरद्वारा ट्रम्पको खाता स्थायीरूपले निलम्बित

टिवटरद्वारा ट्रम्पको खाता स्थायीरूपले निलम्बित


काठमाडौ । सामाजिक सञ्जाल नेटवर्क टिवटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता स्थायीरूपले निलम्बन गरेको छ ।

सो कम्पनीले आगामी दिनमा ट्रम्पको अभिव्यक्तिले हिंसालाई बढावा दिने जोखिम रहेकाले उनको खाता निलम्बन गरिएको जनाएको छ ।

हालका असली अकाउन्टका टिवटहरूको निकटबाट पुनरावलोकन गरेपछि यस्तो जोखिम हुन सक्ने देखिएकाले यो निर्णय गरिएको कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले ट्रम्पको टिवटर अकाउन्टलाई अस्थायीरूपमा १२ घन्टाका लागि निलम्बन गरेको थियो । अमेरिकी संसदमा ट्रम्पका समर्थकहरूले बलजफ्ती जान बेला दिएका अभिव्यक्तिपछि अस्थायीरूपमा उनको टिवटर खाता बन्द गरिएको थियो ।

१२ घन्टा पछि उनको खुला गर्न अघि ट्रम्पले नियम उल्लंघन गरे ट्रम्पका खाता स्थायीरूपमा बन्द गर्ने जनाएको थियो ।
ट्रम्पका बुधबारका सन्देशले मानिसहरूले संसद भवनमा बलजफ्ती छिरेका थिए ।

बिहीबार फेसबुकले ट्रम्पको खाता अनिश्चितकालका लागि बन्द गरेको जनाएको थियो ।यसैगरी खेलकुदको प्लेटफर्म टिवचले पनि अनिश्चितकालका लागि राष्ट्रपति ट्रम्पको खाता बन्द गर्ने घोषणा गरेको थियो ।

सामाजिक सञ्जालबाट ट्रम्पलाई बहिष्कार गरिएपछि मूलधारका मिडियाले समर्थन नगरे ट्रम्पवाद बाँच्न सक्न छ र भन्ने सवाल खडा भएको छ । वा ट्रम्पवादलाई मात्र इन्टरनेटबाट छायामा पार्छ ?

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस