Techie IT
×
गृहपृष्ठराजनीतिसंविधान प्रतिकूल संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई सुदुरपश्चिममा स्वागत नाइँ

संविधान प्रतिकूल संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई सुदुरपश्चिममा स्वागत नाइँ


काठमाडौ । संविधान प्रतिकूल संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदुरपश्चिममा स्वागत नहुने भएको छ ।

त्यहाँका मुख्यमन्त्री र मन्त्रीहरूले प्रधानमन्त्री ओलीको स्वागत गर्न विमानस्थलमा नजाने निर्णय गरेको स्थानीय नेकपा नेताहरूले बताएका छन ।

पु्ष्पकमल दहल प्रचण्ड माधव कुमार नेपाल पक्षका नेकपा स्थानीय पार्टी नेताहरूले असंवैधानिक कदम चाल्ने ओलीलाई स्वागत नगर्ने बताइरहेका छन ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा विभाजन भएपछि प्रचण्ड–नेपाल समूहमा रहेका छन ।

प्रचण्ड नेपाल समूहले संविधान विघटन अंवैधानिक भएको भन्दै देशभर प्रधानमन्त्री ओली विरूद्ध प्रदर्शनका कार्यक्रम थालेको छ ।

ओली समूहकाले आमसभा गरे गरून्, हामी केही भन्दैनौं तर ओलीको असंवैधानिक कदमका विरुद्ध पुत्ला जलाउने, टायर बाल्ने र प्रदर्शन गर्ने काममा युवाहरू स्वतःस्फुर्त जान सक्ने उनीहरूको भनाइ रहेको छ ।

यसअघि उद्योग मन्त्री लेखराज भट्ट धनगढी जाँदा पनि मुख्यमन्त्री त्रिलोचन भट्ट उनको स्वागतमा गएका थिएनन । भट्टले सार्वजनिक रूपमै मुख्यमन्त्रीले आफूलाई स्वागत नगरेको बताएका थिए।

प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानी बाहिरको कार्यक्रममा सहभागी हुन धनगढी आउन लागेकोमा कतिपयले राजनीतिक चलखेलको बाटो यहीं बाट शुरू गर्न खोजेको हो कि भन्न थालेका छन ।

यहाँ प्रचण्ड नेपाल समूहबाट बलियो प्रतिरोध हुने र हिंसात्मक गतिविधि आफै गर्न लगाइ विभिन्न प्रदेश सभा भङ्ग गरी राष्ट्रपति शासन लगाउने तयारी गरी आएको हुन सक्ने कतिपयको आंशका रहेको छ ।

प्रदेशहरूमा भिडन्त नभए प्रदेश सभा विघटन गर्न प्रधानमन्त्री ओलीले निहु नपाउने उनीहरूको भनाइ रहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस