Techie IT
×
गृहपृष्ठराजनीतिअवैधानिक काम गर्ने बानी परेकैले ओलीले संसद विघटन गरेको खुलासा

अवैधानिक काम गर्ने बानी परेकैले ओलीले संसद विघटन गरेको खुलासा


काठमाडौ । अवैधानिक काम गर्ने बानी परेकैले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रवाधान कुल्चेर संसद विघटन गरेको खुलासा भएको छ ।

ललिता निवास बेच्नेलगायतका अवैधानिक काममा सघाउनेहरूबाट घेरिएकाहरूको सल्लाहमा ओलीले अवैधानिक काम गर्दै आएको कान्तिपुरले सार्वजनिक गरेको केपी शर्मा ओली ट्रस्टसम्बन्धी जग्गा अधिग्रहण प्रकरणले स्पस्ट पारेको छ ।
कानुनले तोकेको सीमा भन्दा बढी ‘केपी शर्मा ओली ट्रस्ट’ को नाममा तेह्रथुमको आठराईमा भएको १ सय १० रोपनीमध्ये ४० रोपनी जग्गा रहेको छ ।

२०७१ भदौ २६ गते आठराई–४ र ५ को १ सय १० रोपनी जग्गा मालपोत कार्यालय संक्रान्ति बजार तेह्रथुमले केपी शर्मा ओली ट्रस्टको नाममा पास गरिदिएको कागजात फेला परेको सो समाचारमा उल्लेख गरिएको छ ।

भूमि ऐन, २०२१ ले कुनै व्यक्ति या संस्थाले काठमाडौंबाहिरका पहाडी क्षेत्रको जग्गा ७० रोपनीभन्दा धेरै राख्न नपाउने स्पष्ट व्यवस्था गरेको छ । यो व्यवस्थाको उल्लंघन गरी प्रधानमन्त्री ओलीले आफ्नो र श्रीमती राधिका शाक्यको नाम संरक्षक तथा अध्यक्ष रहने गरी बनाएको ट्रस्टमा आठराई–४ र ५ को जग्गा खरिद गरी राख्ने काम गरेका थिए । सात सदस्यीय ट्रस्ट सञ्चालक समितिमा अरू पदाधिकारी भने परिवार र नातागोताबाहिरको रहेको मालपोत कार्यालय संक्रान्ति बजारले जनाएको समाचारमा छ । जग्गाधनी पुर्जामा ‘केपी शर्मा ओली ट्रस्टको कार्यालय बालकोट–४ भक्तपुर’ छ । प्रधानमन्त्री ओलीको निजी निवास पनि बालकोटमै छ ।

२०७१ मा ओलीको स्वास्थ्य अलि बिग्रिएका बेला आफ्नो नाममा ट्रस्ट खोल्ने र ट्रस्टबाट सामाजिक सेवा गर्ने उनको इच्छाअनुसार ट्रस्ट दर्ता गरिएको थियो  । ट्रस्टकै लागि भनेर ओलीले आफ्ना बुबाले बेचेको घरजग्गा पनि त्यतिखेरै फिर्ता गराएका थिए । ट्रस्टको नाममा जग्गा राख्न गाउँ नै खरिद गरेका ओलीलाई आउन–जान सजिलो होस् भनेरे घरछेवैमा हेलिप्याडसमेत बनाइएयो ।

खरिद गरिएको जग्गामध्ये अहिले ३० रोपनी तेह्रथुम बहुप्राविधिक शिक्षालय खोल्नका लागि सम्झौता गरेर दिइएको देखिएको छ । अरू जग्गामा खासै काम भएको छैन ।

अवैधानिक काम गर्ने बानी परेका प्रधानमन्त्री ओलीले विधि मिलाएर जग्गा अधिग्रहण भएको देखिएको हो । ट्रस्टको जग्गा अवैधानिक रहेको उजुरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा परेपछि त्यसको झमेला गुपचुप रूपमै मिलाउन खोजिएको छ

दुई महिनाजति अघि प्रधानमन्त्रीकै नामको ट्रस्टले अवैधानिक रूपमा जग्गा राख्यो भनेर मन्त्रालयमा उजुरी परेको र त्यसलाई अति गोप्य रूपमा सल्टाउनु भनेर नापी विभागलाई पत्राचार गरियो  । त्यसपछि के भयो थाहा नभएको यस प्रक्रियासँग जोडिएका कर्मचारीले खुलाएको समाचारमा उल्लेख छ ।

नापी विभागले अहिलेसम्म प्रक्रिया नबढाएको सो उजुरीमा अवैधानिक तरिकाले जग्गा पास गर्ने मालपोत अधिकृत र जग्गा किन्ने ट्रस्ट दुवैलाई कारबाही माग गरिएको छ ।

मालपोत कार्यालय आठराईका कामु प्रमुख बृहस्पति गौतमलाई केही नबोल्न माथिबाट दबाब दिइएको छ ।

विगतमा भएका गलत कमजोरी सच्च्याउँदै प्रधानमन्त्री जस्ता अगुवा नेताहरूले विधि विधान मान्ने अगुवाको रूपमा प्रेरणादायी काम भए मात्र जनतामा अनुशासित र मर्यादित हुने जीवन शैलीको विकास हुने हो ।


क्याटेगोरी : राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस