Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअब मेरो ध्यान विधिपूर्वक सत्ता हस्तान्तरण तर्फ हुने ट्रम्पको वाचा

अब मेरो ध्यान विधिपूर्वक सत्ता हस्तान्तरण तर्फ हुने ट्रम्पको वाचा


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिवटर अकाउन्ट निलम्बन अवधि सकिएपछि निर्वाचित राष्ट्रपति जो बाइडनलाई सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

संसद भवनमा ट्रम्पका समर्थकहरू छिरेर मच्चाएको उपद्रोको विश्वभरका नेताहरूले ट्रम्पको चर्को आलोचना गरेपछि र टिवटरले फेरि उनको अकाउन्ट खुला गरेपछि सत्ता संक्रमणका लागि उनले प्रतिबद्धता व्यक्त गरेका छन ।

ट्रम्पले दङ्गा गर्नेहरूले गरेको कार्यलाई घुणित आक्रमण भनी निन्दा गरे ।

उनको यो प्रबिद्धता प्रतिपक्षी डेमोक्रेटका नेताहरूले १३ दिन अघि नै पदबाट हटाउनु पर्ने माग गरिरहेका बेला सार्वजनिक भएको हो ।

नोभेम्बर निर्वाचनमा पराजित भएयता ट्रम्पको यस्तो सार्वजनिक अभिव्यक्ति पहिलो पटक देखिएको छ ।

उनले र्निाचित राष्ट्र बाइडन धाँधली गरी जितेको भनेर आफ्नो हार स्वीकार गरेका थिएका थिएन ।

१२ घन्टाको टिव्टर अकाउन्ट फेरि खुलाएपछि ट्रम्पले भनेका छन “ अब कांग्रेसले प्रमाणित गरिसकेकाले निर्वाचन परिणाम अनुसार जनवरी २०मा नयाँ प्रशासनको उद्घाटन हुनेछ । मेरो ध्यान अब सहज प्रक्रियागत र विभाजन बिना सत्ताको संक्रमणमा हुन्छ । यो क्षण घाउ पुर्ने र मेलमिलापका लागि हुन्छ ।”

सत्ता संक्रमणका लागि प्रतिबद्धता जनाएका ट्रम्पले ज्यान दिन सक्ने आफ्ना समर्थकहरू प्रति आफूप्रति जनाएको समर्थनका लागि प्रसंशा व्यक्त गरी यो हाम्रो यात्राको एक अमूल्य शुरूआत भएको बताएका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस