Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियटोकियोमा ट्रम्प समर्थकको प्रदर्शन

टोकियोमा ट्रम्प समर्थकको प्रदर्शन


काठमाडौ । विश्वभरका नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरिरहेका बेला जापानको राजधानी टोकियोमा ट्रम्प समर्थकहरूले उनको पक्षमा जुलुश निकालेका छन ।

राजधानी टोकियोमा ट्रम्प समर्थकहरूले निकालेको भिडियो रोयटर्सले सार्वजनिक गरेको छ । उनीहरूले ट्रम्पका नारा बोकेर उनको समर्थनमा ¥याली निकालेको देखिन्छ ।

कतिपय प्रदर्शनकारीहरूले ट्रम्पको मकुन्डो लगाएका छन । ‘इश्वरले अमेरिकालाई बचाउन , पूर्वी एसिया ट्रम्पलाई माया गर्छ ’ ट्रम्पले अमेरिकालाई महान बनाउँछ भन्ने अर्थ लाग्ने ‘ गड ब्लेस अमेरिका , इस्ट एसिया लभ ट्रम्प’ ट्रम्प किप अमेरिका ग्रेट अगेन जस्ता लेखिएको ब्यानर बोकेका छन ।

जनवरी ६मा ट्रम्पका समर्थकहरूले संसद भवन कब्जा गरेको घटना पछि त्यहाँका सुरक्षाकर्मीहरूले तिनलाई निकालेका थिए । यसक्रममा भएको हिंसात्मक घटनामा केही अमेरिकीहरूको ज्यान गइसकेको छ । यो घटनाको सर्वत्र विरोध भइरहेका बेला टोकियोमा ट्रम्प समर्थकहरूको ¥याली निकालिएको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस