Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सबीच संसद भवन हङ्गामा यता बोलचाल बन्द

अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सबीच संसद भवन हङ्गामा यता बोलचाल बन्द


काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सबचि संसद भवनमा ट्रम्प समर्थकले मच्चाएको हङ्गामा यता बोलचाल बन्द भएको छ ।

ट्रम्पले पेन्सको व्यवहारबाट दुखी छन भने पेन्स ट्रम्पको व्यवहारबाट दुखी छन ।

ट्रम्पले पेन्सलाई हप्तौ देखि निर्वाचन परिणाम एक्लौटी उल्टाउन विश्वासमा लिने प्रयास गरिरहेका थिए ।

ट्रम्पले गरेको प्रयास जनवरी ६मा देखियो ।

जनवरी ६मा ट्रम्पका समर्थकहरूले संसद भवनमा हिंसात्मक घटना रोकन उपराष्ट्रपति पेन्सले कार्यकारी रक्षा मन्त्री क्रिस्टोफर मिलरलाई फोन गरी आग्रह गरेका थिए ।

त्यसयता ट्रम्पले पेन्सलाई फोन गरी हालखबर पनि सोधेका छैनन । सीएनएनले निकट स्रोतको हवाला दिँदै यो समाचार सार्वजनिक गरेको छ । यस विषयमा केही सांसद पेन्ससँग भेटेर छलफल गर्न खोजेका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस